Websoft University

लोप हुन लागेका खेलहरुको विकास आवश्यक-उपमेयर पराजुली

  

मोरङ बेलबारी। रातो तारा डट कम, डोरीतान नगरसमिति बेलबारीले जिल्लास्तरीय डोरीतान प्रतियोगिता  आयोजना गरेको छ।उक्त प्रथम मोरङ जिल्ला अन्तरपालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि बुढिगंगा नगरपालिकाले जित्न सफल भएको छ।मोरङकै मिक्लाजुङ गाउँपालिकाको टिमलाई पराजित गर्दै बुढिगङगाले उपाधि हात पारेको थियो।त्यसैग मिक्लाजुङ गाउँ पालिका द्वितीय स्थानमा पुगेको थियो।


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीमले नगद ५१ हजार, ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरे।यसैगरी द्वितीय तथा उपविजेता टिमले नगद ३५ हजार,ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक शीतल रायले बताइन्। खेल बेलबारी नगरपालिका वडा नं ४ स्थित बेतना युनाइटेड खेलमैदानमा भएको थियो।


समितीकी अध्यक्ष शीतल रायको अध्यक्षतामा आयोजित खेलको उद्घाटन बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिइन ।कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपमेयर पराजुलीले डोरीतान जस्तो लोकप्रिय खेल नेपालमा लगभग लोप हुने अवस्थामा पुगिसकेको सन्दर्भमा अब हरेक पालिकाहरुले संरक्षण र विकासतर्फ ध्यान दिन आवश्यक रहेको बताइन्।नेपाललाई विश्वमाझ चिनाउने थुप्रै मौलिक र राष्ट्रिय खेलहरुको पहिचान हराउँदै जानु देशको लागि ठूलो क्षती हो।यसतर्फ हामी सबैको समयमै ध्यान जानू जरुरी छ-उपमेयर पराजुलीले भनिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.