Websoft University

साना किसान कृषि सहकारी संस्था लिमिटेडले २५ औं बार्षिक साधारणसभा सम्पन्न!

 


शिव भट्टराई,-मोरङ सुन्दरहरैचा।रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। आफ्नै भवनमा  सम्पन्न भएको उक्त साधारण सभामा संस्थाका अध्यक्ष भिम प्रसाद पौडेलले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन्।


संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन  गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको  विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको हो  ।


साना किसान कृषि सहकारीले  गत आ. व. २०७७÷७८ मा सेयर सदस्यहरु २६४३ जना पुर्याई  शेयर पुँजी रु ६ करोड २४ लाख ७७ हजार  रुपैया  रहेको छ । त्यसैगरी सहकारीले गत आ.व.२०७७÷७८ मा जम्मा कुल आम्दानी ४ करोड ६ लाख ६३  हजार ४  सय ४८  रुपैया आम्दानी गरेका छन् भने कुल खर्चमा ३ करोड १  लाख ५९  हजार ७  सय ५७  रुपैया गरेका छन्।

कार्यक्रममा उत्कृष्ट ब्यबसायिक परियोजना अन्तर्गत शेयर सदस्य सावित्रा गौतम, बिश्वथाथ सिग्देल, तमाङ्ग, राधिका कार्की र अनु दुलाललाई प्रसंशा पत्र सहित जनही १ हजार ५ सयका दरले पुरस्कार वितरण गरे. २०७६ सालमा इजरायली प्रशिक्षार्थीका  रुपमा छनौट भइ कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत डेबिट शाही ठकुरी, श्याम कुमार गुरुङ, सरु तमाङ्ग र श्याम प्रसाद आचार्यलाई सम्मान समेत गरे।

उक्त संस्थामा पशु प्राबिधिक साहायक पदमा कार्यरत चन्द्र लाल चौधरीलाई बिदाई तथा सम्मान समेत गरेको थियो भने उत्कृष्ट अन्तर समुह, समुह र पशु उपसमितिलाई समेत अतुलनिय कार्य गरेबापत सम्मान गरेको थियो।

संस्थाले सुत्केरी पोषण खर्चलाई निरन्तरता दिने, तिर्थाटन, बडा स्थरिय गोष्ठी तालिम, सदस्य मृत्यु राहत, पशु औषधि खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ।  यस वर्ष बिउ साँढे गोरु र बिउ बोका वितरण , ब्यबसायिक पशुपालन अध्ययन अबलोकन भ्रमण गर्ने, उन्नत जातका समयानुकुल तरकारी बिउ बितरण, अर्गानिक खेति तर्फ कृषकलाई प्रोत्साहन कार्यक्रम गर्ने लक्ष्य लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.