Websoft University

गुरुकुलमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला


विराटनगर । रातो तारा डट कम, विराट आदर्श साहित्य मञ्चको आयोजनामा आज विराटनगरमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न भएको छ ।

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा तीन पुस्ताका साहित्यकारले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । अग्रज कविसमेत रहनु भएका प्राज्ञ विवश पोखरेल, गजलकार विवश बलिभद्र कोइराला र दीपा वाग्लेले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार इन्द्र राई, भुवन नेपाललगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक मीनकुमार नवोदित, अध्यक्ष कटवाल दीपक, सल्लाहकार हेमन्त निरौलालगायतले मञ्चले विगतदेखि वर्तमानसम्म गरेका कार्यका विषयमा प्रकाश पारे । साहित्य, कला र संगीतमार्फत युवाहरुलाई सिर्जना कर्ममा आकर्षित गर्ने उद्देश्यले स्थापित मञ्चले आउँदो पुस पहिलो हप्तादेखि विराटनगरमा ‘खरानीको डोरी’ नाटक मञ्चन गर्दैछ । यसअघि मञ्चले मुनामदन र छिंडीभरिको आकाश नाटक मञ्चन गरिसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.