Websoft University

ईटहरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न!


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुनसरीको इटहरी ३ स्थित पुरान चोकमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। इन्खा एकीकृत अस्पताल इटहरी ४ को आयोजनामा, नोबेल मेडिकल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा र तालतलैया युवा क्लबको सहकार्यमा आयोजना गरिएको निशुल्क शिविर बुधबार सम्पन्न भएको छ।


शिविरको उद्दघाटन गर्दै प्रमुख अतिथि विपी के आई.एच.एस एसिस्टेन्ट प्रोफेसर डा. मधुर बन्सेतले ग्रामीण क्षेत्रमा आयोजित यो शिविरले अस्पताल सम्म पुग्न नसकेकाहरुको कतिपय रोगहरू समयमै पहिचान गराउन सहयोग गर्ने भएकोले यस कार्यक्रमको आयोजकलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरेका थिए।त्यसै क्रममा कार्यक्रमका विशिष्ठ अतिथि नोबेल मेडिकल अस्पतालका व्यवस्थापक.नारायण दाहालले यस्तो निशुल्क स्वास्थ्य शिविर सञ्चालनको लागि नोबेल मेडिकल अस्पतालले सहकार्य गरेर अगाडि बढिरहेको र आउँदा दिनहरूमा पनि यस कार्यलाई निरन्तरता दिने बताएका छन्।


शिविरमा नोबेल मेडिकल अस्पताल विराटनगरका विषेशज्ञ स्वास्थ्य चिकित्सकहरु द्वारा इसिजी,भिडियो एक्सरे, प्रयोगशाला सेवा, नाक, कान, घाँटी, छाला, दाँत, आँखा, यौन रोग साथै महिलाको पाठेघर सम्बन्धि जाँच गरिएको कार्यक्रमका सभापति इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा.खगेन्द्र ओलीले बताएका छन्।शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन लगायतले सेवा दिएको डा ओलीले बताए।ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा ५०० भन्दा बढी नागरिकहरूले स्वास्थ्य सेवा लिएको उनले बताए।गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको स्थानीय जितेन किराँतीले खुशी व्यक्त गरेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.