Websoft University

संचारकर्मीद्धारा प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई!


शिव भट्टराई, मोरङ | रातो तारा डट कम, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेलाई संचारकर्मीहरुले बिदाई गरेका छन् । उत्तरी मोरङ तथा अन्य ठाउँलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका विभिन्न मिडियामा आवद्ध पत्रकारहरुले बुधबार सार्वजनिक पुस्ताकालय विराटचोकमा एक कार्यक्रमको आयोजना गरि खादा मायाको चिनो प्रदान गरि बिदाई गरेका हुन् । 


नगरमा पत्रकारद्धारा प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान सहित बिदाई गरिएको यो पहिलो पटक हो । उहाँले आफ्नो कार्यकालमा रहदा खेल्नु भएको भूमिका, मिडिया क्षेत्रलाई हेर्ने दृष्टिकोण, माया, स्नेह, सद्भाव र कुशलताको कदर गर्दै सम्मान गरिएको हो ।


करिब ९ महिना सुन्दरहरैँचामा कार्यरत डा. घिमिरे युवा तथा खेलकुद मन्त्रालय सरुवा हुनु भएको हो । घिमिरेको कार्यकालमा विषयगत शाखाका कर्मचारीदेखि स्थानीय लगायत सेवाग्राही सबैलाई व्यवस्थित गर्दे एक सफल नेतृत्वको उदाहरण बन्नु भएको छ । उहाँको कामप्रति सरोकारवालाहरु सबै सन्तुष्ट रहेको महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै उहाँले सुन्दरहरैँचाको विकासमा संचारकर्मीले खेलेको भूमिका प्रति धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “संचारकर्मी भएनन् भने हाम्रो समाज अपूर्ण हुन्छ , त्यस क्रममा मार्गनिर्देशन गर्ने कुरा यहाँहरुले सुसुचित गराउँदै धेरै कामहरु गर्नुभएको छ । नगरले वार्षिक योजनामा राखेका कामहरु पुरा हुन् । नगर अस्पतालको योजना हुँदाहुँदै सरुवा भएको छ, यो एउटा प्रक्रिया हो । मेरो स्वास्थ्य समस्याको कारण उपचार सहजताको निम्ति मैले सरुवा मागेको हुँ । स्वास्थ्य अनुकूल भएमा फेरी यहि ठाउँमा तपाईहरुसंग भेट हुनेछ । तपाईहरुले देखाउनु भएको यो मायालाई सधै सम्झिरहनेछु ।” 

कार्यक्रममा एकता मिडिया प्रा.लि.रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौला, समाचार शाखाका विपुल सुवेदी, निष्पक्ष खबर डटकमका कृष्णचन्द्र सुवेदी, कान्तिपुर टेलिभिजनका अर्जुन सुवेदी, मकालु टेलिभिजनका रेवती निरौला, सुन्दरहरैँचा अपडेट तथा रातोतारा डटकमका शिव भट्टराई, कृषि टेलिभिजनका एल.एन. गच्छदार, मकालु टेलिभिजनका बिकल पौडेल र बिनोद आचार्य लगायत अन्य मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.