Websoft University

कोरोनाको ओमिक्रोनले फेरी भारतमा आतंक मचाउन सुरु गर्यो–नेपालले हवाइ याताय र भारत संग जोडिएको सीमा नाका बन्द छिटो नगरे ओमिक्रोनको जोखिममा नेपाली पर्दै,

काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम, भारतमा कोरोनाको ओमिक्रोन फेला परेसँगै निगरानी बढाइएको छ । पहिलोपटक भारतको कर्नाटक राज्यमा दुई जनामा देखा परेको कोरोनाको ओमिक्रोन स्वरुप थप २ जनामा पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विदेशबाट आएका नागरिकहरूमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन हुन सक्ने जोखिमकाबीच भारत सरकारले अन्तर्राष्ट्रिय हवाई क्षेत्र, विभिन्न नाका र चेकपोष्टहरूमा कडाई गरेको छ । यसैबीच, भारतको राजधानी दिल्लीमा ओमिक्रोनको आशङ्कामा १५ जना व्यक्तिलाई आइसोलेसनमाराखिएकोछ ।

 ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनामा खोकी लाग्ने समस्या देखिएको भारतीय अधिकारीहरूले बताएका छन् । कोरोना पुष्टि भएका ९ जनामा ओमिक्रोन हो वा होइन भन्ने विषयमा अझै पुष्टि हुन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । हालसम्म भारतको गुजरात, महाराष्ट्र र कर्नाटकमा कोरोनाको ओमिक्रोन फेला परिसकेको छ ।

कोरोनाको ओमिक्रोनले फेरी भारतमा आतंक मचाउन सुरु गर्यो–नेपालले हवाइ याताय र भारत संग जोडिएको सीमा नाका सरकारले बन्द छिटो नगरे ओमिक्रोनको जोखिममा नेपाली खुल्ला सीमानाकै कारण फेरी जोखिममा पर्दै छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.