Websoft University

प्रतिनिधि सभाको बैठक बस्ने, एमालेले संसद् बैठक आज पनि अवरुद्ध गर्ने


काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम, प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज गृह मन्त्री बालकृष्ण खाँणले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यी सबै अध्यादेश अस्वीकृत गरियोस् भनेर प्रेम सुवालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । तर आजको बैठक पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेले तयारी गरेको छ । एमालेले अघिल्लो अधिवेशनदेखि नै संसद् बैठक लगातार अवरुद्ध गर्दै आएको छ । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.