Websoft University

कोशी टप्पु--सुगम जिल्लाको दुर्गम ठाउँ सुनसरीको श्रीलंका टापुमा स्वास्थ्य शिबिर!

 


शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,नेपालको  एक यस्तो नगरपालिका  छ जहाँ स्थानीय जनताले आफ्नो नगरपालिका र वडा कार्यालय पुग्न अर्को जिल्लाको साहारा लिनु पर्ने हुन्छ। सुगम जिल्लाको अति दुर्गम ठाउँ श्रीलंका टापु जुन सुनसरी जिल्ला बराहाक्षेत्र नगरपालिका – ९ कोशी टप्पु हो।जहाँ कुनै हाट बाजार पसल छैन, स्वास्थ्य, यातायात सेवा पुग्न अझै बाँकी छ।


यही दुर्गम ठाउँमा नोबेल मेडिकल अस्पताल विराटनगर र इन्खा एकीकृत अस्पताल इटहरीले संयुक्त आयोजनामा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको प्रमुख आतिथ्यतामा भएको उक्त १ दिने निशुल्क स्वास्थ्य शिविरमा  यहाँका जनताले लाभ लिन पाउँदा निकै हर्षित र भाग्यमानी देखिन्थे। 


कौसीका आधारभूत विद्यालयमा भएको उक्त शिबिरमा जेनरल मेडिसियन तथा मुटु रोग, प्रसुती तथा स्त्री रोग, हाड जोर्नी , नशा, आँखा, नाक, कान ,घाटी, दाँत सेवा भिडियो एक्सरे, इसिजी, प्रयोगशालाको सहित सेवा दिईएको थियो।प्राबिधिक सहयोग रहेको नोबेल अस्पताल विराटनगरका व्यवस्थापक नारायण दाहालका अनुसार यहाँ रहेका ४०० भन्दा बढी जनताले निशुल्क सेवा प्राप्त गरेको भनाई छ।

सोही दिन स्वास्थ्य सेवा सहित कौसीका आधारभूत बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क स्वीटर, मोजा जुत्ता लगायत स्टेशनरी सामाग्री समेत वितरण गरिएको थियो। समाजसेवी निर्मल बरालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम जनता कलेजका प्राध्यापक अर्जुन उप्रेतीले संचालन गरेका थिए त्यस्तै

के आइ इ सी नेपालका उमेश भण्डारीले पनि यस कार्यक्रममा सहयोग गरेका थिए।

यस्तो दुर्गम क्षेत्र रोज्नुको कारण के हो ? भन्ने हाम्रो प्रश्नमा सामाजिक , आर्थिक र राजनीतिक क्षेत्रमा पछाडि परेको ठाउँका जनताहरूलाई यस्तो सेवाको आवश्यकता बढी भएकोले यो ठाउँ रोजेको इन्खा एकीकृत अस्पताल इटहरीका अध्यक्ष डा. खगेन्द्र ओलीको भनाई छ।

इन्खा अस्पतालले श्रीलंका टापु जस्ता सामाजिक,आर्थिक ,स्वास्थ्य र राजनैतिक क्षेत्रमा पिछडिएको अन्य विभिन्न ठाउँहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको र आउँदा दिनहरूमा पनि यस कार्यलाई निरन्तरता दिँदै अगाडि बढ्ने इन्खा अस्पताल इटहरीका मेडिकल एसिस्टेन्ट जय प्रकाश उराउले बताएका छन्।

सुगम नगरपालिकाको अति दुर्गम ठाउँमा यस किसिमको सेवा पाउँदा निकै राहत पाएको र यो क्षेत्रमा यस्तो किसिमको कार्यक्रम नभएको कौसीका आधारभुत विद्यालयका प्रध्यानाध्यापक नन्दकुमार मेहताले बताउनुभयो।राज्य र स्थानीय तहले चासो नदिदाँ अहिले सम्म उनीहरुको पहुचं स्वास्थ्य क्षेत्रमा पुग्न सकेको छैन भने १ दिनको स्वास्थ्य सेवाले केहि राहत महसुस त गरे तर पनि यो क्षेत्रको बिकासका निम्ति पालिकाको ध्यान जान उतिकै जरुरि छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.