Websoft University

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर, २१ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो । 

झापाको भद्रपुरमा ३, विर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६, कानेपोखरी र रतुवामाईमा १–१ र  सुनसरीको इटहरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.