Websoft University

फुटबलका तीन खेलहरु आज हुने


काठमाण्डौ पुस ३ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका तीन खेलहरु आज हुने छन । पाँचौं चरणको खेल अन्तर्गत आजको दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा र एक खेल पोखरमा हुनेछ । दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने उल्लेख छ । 

च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । च्यासल ४ खेलमा ४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ भने जावलाखेल १ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ । आजै हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

यी दुई टोलीबीचको खेल अपरान्ह ४ ः ४५ मा सुरु हुनेछ । थ्री स्टार ४ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने एनआरटी समान ५ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । यस्तै आजको तेस्रो खेल पोखरा रङ्गशालामा हुनेछ । पोखरामा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो । 

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० प्रतिस्पर्धा जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । पुलिस ४ खेलमा ५ प्रतिस्पर्धा जोडेर आठौं स्थानमा रहेको छ । पुलिस आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.