Websoft University

प्रेस चौतारी मोरङको अधिवेशन पुस २९ गते हुने

 


विराटनगर, ३ पुस । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । आज विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । 

बैठकले आगामी पुस १५ गते सम्म सदस्यता नविकरण गरि सक्ने निर्णय गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो । यस्तै जिल्ला अधिवेशनका दिन वितरण गर्ने गरि जनार्दन मैनाली पत्रकारिता पुरस्कारका लागि सल्लाहकार महेन्द्र विष्टको संयोजकत्वमा छनौट समिति पनि निर्माण गरिएको छ ।  

प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन २ महिना भित्र सम्पन्न गर्न मंसिर २० गते सर्कुलर जारी गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.