Websoft University

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने

सुनसरी मंसिर १ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकामा लैगिंक हिंसा  विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने भएको छ ।  नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार १० डिसेम्वर विश्व मानवअधिकार दिवसका दिन लैगिक हिंसा बिरुद्ध इटहरी सम्मेलन गरिनेछ । इटहरीमा विगत तीन वर्ष देखि १६ दिने अभियानको अन्तिम दिन लैगिंक हिंसा विरुद्धको इटहरी सम्मेलन गरिदै आएको छ । सम्मेलनमा वर्ष दिन भरि संचालन गरिएको अभियानको समीक्षा गरेर नयाँ कार्यक्रम पारित गरिने छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम,इटहरी महिला संजाल,वाल संजाल,अपांग सञ्जाल,माइती नेपाल,भ्वाइस अफ चिल्ड्रेन,इलाका प्रहरी कार्यालय इटहरी,मायाँ घर लगायतका सामाजिक क्षेत्रमा कृयासिल संघ सस्था का प्रतिनिधि हरुको सहभागितामा भएको वैठकले १६ दिने अभियानका विभिन्न कार्यक्रम तय गरिएको   हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.