Websoft University

इटहरीमा भोली र पर्सि भेरोसिल दोश्रो खोप लगाइने

 


सुनसरी मंसिर १ गते । रातो तारा डट कम,  इटहरीमा भोली र पर्सि भेरोसिल विरुद्धको दोश्रो खोप लगाइने भएको छ । इटहरी अस्पताल,खनार स्वास्थ्य चौकी,एकम्वा स्वास्थ्य चौकी,पकली स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्यचौकीमा यस अघि भेरोसिलको पहिलो खोप लगाइसकेकाहरुलाई खोप लगाइने भएको हो । इटहरी अस्पताल अन्र्तगत २ नम्वर वडा कार्यालय,आधारभूत स्वास्थ्य केन्द्र वडा नम्वर ३,सामुदायिक अस्पताल वडा नम्वर ४,आधारभूत स्वास्थ्य केन्द्र इटहरी ५ काब्यवाटिका,किराँतराई याखोख्खा भवन इटहरी ६,आधारभूत स्वास्थ्य केन्द्र इटहरी ७ र आधारभूत स्वास्थ्य केन्द्र इटहरी ८ मा खोप लगाइने इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यसअघि भेरोसिल अर्थात वोलिचालीको भाषामा चाइनिज खोप लगाएका ब्यक्तिहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्ड सहित सम्पर्क गर्न इटहरी उपमहानगरपालिकाले आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.