श्याम राई÷उदयपुर गाईघाट, १ मंशिर। रातो तारा डट कम, उदयपुरको जाते हिम्मामा मंगलबार राती एक महिलाको आफनै पती द्धारा हत्या भएको छ लिम्चुङ्गबुङ्ग गाउँपालिका–५ जातेका ५६ वर्षिया चतरुमाया राईलाई पति ७० वर्षिया सन्त वहादुर राईले राती ११ः३० बजे हत्या गरेका छन् । राईले घाटीमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चतुरमाया उनको कान्छि श्रीमती भएको खुलेको छ ।
श्रीमतीको हत्यापछि राईले आफनै घाटीमा खुकुरीले रेटेर आत्म हत्याको प्रयास गरेका थिए । गम्भिर अवस्थामा रहेका राईलाई ईलाका प्रहरी कार्यालय लिम्चुङबुङ्गबाट राती नै गएको प्रहरी टोलीले उद्धारगरि जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डि.एस.पी वेद प्रसाद गौतमले बताए । राईको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।
Post a Comment