Websoft University

पत्रकार उपचार कोषलाई ढकालद्वारा २५ हजार २५ रुपैयाँ सहयोग

 


झापा, मंसीर ३ गते । रातो तारा डट कम,झापाली पत्रकार नरेन्द्र ढकालले  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गर्नु भएको छ ।

आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक  ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गर्नु भएको हो । झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले  रकम हस्तान्तरण गर्नु भएको थियो ।

पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने बताउनुभयो ।

सञ्चारकर्मीसंगै अन्यदाताहरुले समेत यो कोषमा रकम जम्मा गर्दै आएका छन् । अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट पत्रकारहरु घाइते वा विरामी भएमा उपचार खर्च दिइदै आएको छ ।

पत्रकार महासंघ झापाले कोषको रकम बृद्धिका निमित्त सम्वद्ध सञ्चारकर्मी र लब्धप्रतिष्ठित व्यक्तिहरुमा विशेष आग्रह समेत गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.