Websoft University

नेपालमा मौद्रिक नीतिको अभ्यास र समकालिन समकालिन आर्थिक विकासमा अन्तरक्रिया


विराटनगर मंसिर ३ गते । रातो तारा डट कम,वित्तीय स्थायीत्वमा आईपर्ने चूनौतिको सम्भावना, मौद्रिक नीति कार्यान्वयन, वैंक तथा वित्तिय क्ष्ँेत्रेको निरीक्ष्ँण र सुपरिवेक्षणका साथै समकालिन आर्थिक विकास मध्यनजर गरी संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको १२ औं स्मृतिमा नेपालमा मौद्रिक नीतिको अभ्यास र समकालिन आर्थिक विकास विषयक अन्तरक्रिया कार्यक्रम २०७८ मंसिर ०२ गते आयोजना गरेको छ । 

कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले वित्तीय क्ष्ँेत्र स्थिर नभएकाले दीर्घकालिन महत्व वोकेका परियोजनाहरुको लगानीमा प्रभाव परिरहेको हुदा वित्तिय स्थितरताका लागि निरीक्षण र सुपरिवेक्षण आवश्यक भएको वताए । उनले स्वस्थ्य वित्तिय प्रणालीको विकास एवं सवलीकरण गरी सामाजिक जवाफदेहिता सहित सर्वसाधारणको विश्वास अभिवृद्धि गर्नु पर्ने विचार व्यक्त गर्दै मौद्रिक नीतिको समिक्षा गरी विद्यमान वित्तिय संकटको दीर्घकालिन समाधान गर्न सुझाव दिए । 

कार्यक्रममा प्रमुख वक्ता नेपाल राष्ट्र वैंकका पूर्व कार्यकारी निर्देशक नरवहादुर थापाले कर्जा, पूंजी र निक्षेपको अनुपातलाई ध्यानमा राखी लगानी गर्नुपर्ने सुझाव दिदै वित्तिय क्षेत्रमा असहज अवस्था सिर्जना हुदा नेपाल राष्ट्र वैंकले रिपो जारी गर्दे आएको वताए । उनले वित्तिय जोखिम व्यवस्थापनका लागि कर्जा निक्षेप अनुपात, कर्जा धितो मूल्य अनुपात, कर्जा सिमा र तरलता अनुपातमा केन्द्रिय वैंकले निर्देशन जारी गर्ने गरेको वताउदै वैंक तथा वित्तिय क्षेत्रको सुक्ष्म विश्लेषण गरी आफ्नो क्षेत्रबाट नीजि क्षेत्रले खवरदारी गर्न सुझाव दिए । 

पूर्व कार्यकारी निर्देशक थापाले मौद्रिक नीति तय गर्दा आधारभूत सिद्धान्त, निर्देशन, योजना र प्राविधिक पक्षलाई आधार मानेर निर्धारण गरिने वताउदै समिक्षा अवधिमा नीतिले लिएको लक्ष्य प्राप्त भएको की भएन, के कस्ता कमी कमजोरी भए त्यसलाई सच्याउदै परिमार्जन गनुपर्ने वताए । समकालिन आर्थिक विकासले मौद्रिक नीतिको दिशा र दायरालाई तय गर्ने वताउदै देशको समसामयिक आर्थिक विकासको विश्लेषण गर्दा राष्ट्रिय नीतिलाई केन्द्रमा राखेर गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा टिप्पणी गर्दै अर्थशास्त्री डा.अर्जुन वरालले मौद्रिक नीति राज्यको आर्थिक नीति निर्धारणका लागि महत्वपूर्ण पाटो भएकाले कर्जा व्यवस्थापन र व्याजदर निर्धारणमा मौद्रिक नीतिको सान्दर्भिककता वढी रहने वताए । उनले मौद्रिक नीतिको तर्जुमा गर्दा कार्यन्वयनको गहनतालाई र त्यसको परिणामलाई प्रभावकारितामा विशेष ध्यान पु¥याउनु पर्नेमा जोड दिए । 

अन्तरक्रिया कार्यक्रममा औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालय स्नात्तकोत्तरमा अध्ययनरत पांच छात्र तथा छात्रालाई विभिन्न विद्यामा अनुसन्धान तथा शोधका लागि वढीमा पचास हजार सहयोग गर्ने घोषणा स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रका संयोजक विजु थपलियाले गरे ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.