Websoft University

कपडा पसलमा आँगलागी हुदा झण्डै ५० लाख बढीको क्षति


श्याम राई÷उदयपुर गाईघाट, २२ कार्तिक। विद्युत सर्ट भएर कपडा पसलमा आईतबार राती आँगलागी हुदा झण्डै ५० लाख बढीको क्षति भएको छ ।

त्रियुगा नगरपालिका–११ गाईघाटस्थीत पूरानो तरकारी बजार क्षेत्रमा रहेको जुत्ता, चप्पाल र रेडिमेट कपडा पसल जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । रातीको समयमा भएको आँगलागीको कारण पसलबाट कुनै सामान निकाल्न नपाएको पसल संचालक जिवन भगतले बताए ।

विद्युत सर्ट भएर तिहारमा आँगलागीको दुई वटा घटना भएको प्रहरीले जनाएको छ । लक्ष्मि पूजाको राती रिकण्डिशन मोटरसाईकल पसलमा आँगलागी भएको थियो । विद्युत सर्ट भएर आँगलागी हुदा झण्डै १ करोड ५० लाख बढीको क्षति भएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.