Websoft University

‘अदालतको काम संविधान फेर्ने हैन, व्याख्या गर्ने मात्र हो’ - एमाले अध्यक्ष ओली


विराटनगर कार्तिक २२ गते । रातो तारा डट कम, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान फेर्ने काम गरेको आरोप लगाएका छन् । अदालतले संविधानको व्याख्या मात्रै गर्ने भएपनि संविधान नै फेर्ने काम गरेको उनको आरोप छ । अध्यक्ष ओलीले भने,‘ अदालतको काम संविधान फेर्ने हैन, व्याख्या गर्ने हो ।’ 

एमाले मोरङले सोमबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संविधानले राष्ट्रपतिलाई दिएको अधिकार खोसेर सर्वोच्चले आफै प्रयोग गरेको उनको भनाई छ । राष्ट्रपतिको अधिकार खोसेर संसदको ठुलो दलका नेतालाई प्रधानमन्त्रीको उम्मेदवार हुन नपाउने फैसला गर्दै परमादेशको सरकार बनाएको ओेलीले बताए । उनले भने,‘ प्रत्यक्षमा ८० सिट जित्नेलाई प्रधानमन्त्रीको उम्मेदवार नै हुन नपाउने तमासापूर्ण फैसला सर्वोच्चले गर्यो ।’ 

सर्वोच्च अदालतले संविधान भन्दा बाहिर गएर फैसला गरेको उनले बताए । अध्यक्ष ओलीले भने,‘ अदालत स्वतन्त्र होस् भन्ने हामीले कामना गरेपनि अदालतको फैसला निश्पक्ष रहेन ।’ सर्वोच्चको फैसला अलोकतान्त्रिक, असंवैधानिक छउनले भने । परमादेशको सरकारको सेटिङ खुल्न थालेको उनले बताए । ओलीले भने,‘ मन्त्री, राजदुत बनाईदिने सेटिङ रहेछ, नदेखिएको धेरै कुराहरु अझै खुल्न बाँकी नै छ ।’ आफु विरुद्धको गठवन्धनलाई सर्वोच्चले मागेभन्दा पनि बढी दिएको उनले बताए । उनले भने,‘ गठबन्धनले दुनामा मागेका थिए, सर्वोच्चले टपरीमा दियो ।’ न्यायालयको गरिमा अन्याय सहेर बचाउन नसकिने ओलीले बताए ।

स्थानीय तहको निर्वाचनमा एमाले कोशीको भेल जस्तो भएर आउने उनले बताए । स्थानीय तहको निर्वाचनबाट देशको विकास गर्न नसक्ने प्रवृत्ति भएकाहरुलाई भेलले किनार लगाए जसरी किनार लगाईदिने उनले दावी गरे । आगामी निर्वाचनमा एमालेको प्रतिष्पर्धा काँग्रेससँग हुन उनले बताए । अध्यक्ष ओलीले भने,‘ प्रतिष्पर्धा काँग्रेससँग हुन्छ, काँग्रेसका सेवक, ढोके, चम्चेहरुसँगै हैन ।’ 

परमादेशको सरकारलाई आफुले चाहे एक सातामा ढालिदिने उनले विराटनगरमा पनि दोहोर्याए । उनले भने,‘ लुतो लागेकाहरुको रौं सवै झरोस् भनेर मात्र छाडेको ।’ ढालेर अपजस लिनुभन्द १३ महिनापछि हुने निर्वाचनबाट देखाईदिने उनले चुनौति दिए । 

एमाले नेतृत्वको सरकार ढालेर मन्त्री बनेकाहरुलाई आगामी निर्वाचनमा जमानत जोगाएर देखाउन उनले चुनौति दिए । उनले भने,‘ एमालेले लगाईदिएको जुँगामा कहिले सम्म ताउ लाएर खान्छन हेरौ न ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.