Websoft University

व्यवसायी कार्की छैटौंपटक उत्कृष्ट करदाता घोषित

 


उदयपुर । रातो तारा डट कम,उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन । आन्तरिक राजस्व कार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की उत्कृष्ठ करदाता घोषित भएका हुन ।  

कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६।०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।

नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफल भएको जनाएको छ । 

सेवा कार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आय विवरणमा कार्कीद्धारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार तिन सय ८३ कारोबार गरेकोमा १ करोड ८४ लाख १७ हजार ६ सय एक कर योग्य आय गर्न सफल भएको कर दाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन । 

कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि छैटौ पटक धेरै आयकर तिर्ने साविक सगरमाथा अंचलकै उत्कृष्ठ फर्म बन्न सफल भएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५।०७६मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो । 

आन्तरिक राजस्व कार्यालय लहानले कर सप्ताहको अन्तिम दिन आज एक कार्याक्रमको आयोजना गरि उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यस अघि करदाता सेवा कार्यालय उदयपुरबाट बढी कर तिर्नेमा दिप्सा हार्डवेयरका संचालक नविन निरौला उत्कृष्ठ करदाता र उत्कृष्ठ कर्मचारीमा करदाता सेवा कार्यालयमा कार्यरत नायव रेक मगर भईसकेका छन ।  

करदातालाई छूट, प्रोत्साहन दिन विभिन्न नीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उत्कृष्ठ करदाता र कर्मचारीको नाम सार्वजनिक गर्ने गरिन्छ । 

२०५४ मङ्सिर १ गते मा मूल्य अभिवृध्दि कर (मूअक) लागू भएको पछि ‘राष्ट्रिय कर दिवस’ २०६७ मंसिर १ बाट मनाउदै आएको हो । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.