Websoft University

सवारी चालक अनुमति पत्र दिन गाईघाटले पहिलो पटक प्रयोगात्मक परिक्ष लियो


 श्याम राई÷उदयपुर  गाईघाट, ८ मंसिर। रातो तारा डट कम, सवारी चालक अनुमती पत्र वितरण गर्ने अनुममती पाएपछि यातायात सेवा कार्यालय गाईघाटले पहिलो पटक प्रयोगात्मक परिक्ष लिएको छ ।

प्रदेश नम्बर १ का भौतिक यातायात विकास मंत्री हिमाल कार्कीले बुधबार सिठी फुकेर उद्धघाटन गरेसँगै चालक अनुमती पत्र वितरणको प्रकृया शुरु भएको हो । मंत्री कार्कीले पहिलो प्रयोगात्मक परिक्षा तथा ट्रयल सेन्टरको समेत अनुगमन गरेका थिए । उनले सो अवसरमा सेवाग्राहीलाई छिटो, छरितो रुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका थिए । प्रदेशको विकास, निर्माण र जनताको समृद्धिको लागि सरकारले हरहमेसा काम गरिरहेको उल्लेल गर्दै मंत्री खड्काले उदयपुरबाट लाईसेन्स वितरण शुरु हुनुले पनि विकासको गती अघि बढिरहेको छ भन्ने प्रष्ट भएको बताए ।

‘ स्रोत साधनले भ्याए सम्म सरकारले विकासको कामलाई अघि बढाई रहेको छ ।’ उनले बताए । यातायात सेवा कार्यालय उदयपुरले कार्तिक २८ गतेदेखि सवारी अनुमती पत्र जारी प्रकृया शुरु गरेका थियो । प्रयोगात्मक परिक्षा ( ट्रायल ) को पहिलो दिन २५० जना परिक्षार्थीहरु सहभागी रहेको सेवा कार्यालयका कर्मचारी गणेश उप्रेतीले बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.