Websoft University

प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

 


विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा संक्रमण देखिएको हो ।

झापाको बुद्धशान्तिमा ४, अर्जुनधारा र हल्दिबारीमा ३–३, दमक, विर्तामोड, भद्रपुर, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४, उर्लाबारीमा २, सुनबर्षी र बेलबारीमा १–१, सुनसरीको इटहरीमा २, बर्जुमा १ र इलामको चुलाचुलीमा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.