Websoft University

हिमपहिरोमा परेको बिबरणको तथ्याङ्क सङ्कलन सुरु

काठमाण्डौ कार्तिक २९ गते । रातो तारा डट कम, मुस्ताङ हिमपहिरोमा परेका चौँरीको तथ्याङ्क सङ्कलन सुरु भएको छ । हिमपहिरो खसेको क्षेत्र नजिकै चौँरीको चरन क्षेत्र भएकाले स्थानीयवासी र  सुरक्षाकर्मी तथ्याङ्क सङ्कलनमा लागेका हुन् । चरनमा गएका कति चाँैरी हिमपहिरोमा परे यकिन तथ्याङ्क भोलिसम्म सार्वजनिक हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले सीआएनलाई जानकारि दिनुभयो । हिजो दिउँसो हिमपहिरो आएपछि भाग्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिकामा रहेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरि ११ जना घाइते भएका थिए । हिमपहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन न्याउरिकोटका स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.