Websoft University

मजदुर बोकेको ट्याक्टर बिहिबार विहान दुर्घटना हुदा एक जनाको मृत्यु

 


श्याम राई÷उदयपुर गाईघाट, २ मंशिर । रातो तारा डट कम, मजदुर बोकेको ट्याक्टर बिहिबार विहान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । साथै अन्य तिन जना गम्भिर रुपमा घाइते भएकाछन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा विहान ८ः३० बजे मजदुर बोकेर गाईघाटदेखि रुपाटार तर्फ जादै गरेको प्र.न. २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ति मोडमा अनियन्त्रित भएर दुर्घटना हुदा त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षिय बौका सदाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर रुपमा घाईते भएका चालक त्रियुगा नगरपालिका–१० करमगाछिका २० वर्षिय दिवस सार्की, मृतक सदाकी श्रीमती ४० वर्षिय नारायण बती सदा र १६ वर्षिया सुकुन सदालाई उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।


















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.