Websoft University

उदयपुरको क्षेत्रिय अधिवेशनले देउवा समुहलाइ जितायो


श्याम राई÷उदयपुर गाईघाट, ९ मंसिर। रातो तारा डट कम, नेपाली कांग्रेस उदयपुरको क्षेत्रिय अधिवेशनले क्षेत्र न. १ बाट खगेन्द्र राई र क्षेत्र न. २ बाट राम कुमार राईलाई सभापतिमा निर्वाचित गरेको  छ ।

निर्वाचित दुबै जना देउवा समूहका रहेकाछन् । खगेन्द्र उदयपुरको चौढण्डीगढी नगर प्रमुख हुन् भने राम कुमार पार्टिका जिल्ला सचिब हुन् । बुधबार राती घोषित मत परिणाम अनुसार क्षेत्र न. १ को सभापतिमा राई ३४४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी बसन्त बस्नेतले ३३४ मत ल्याएकाछन् । 

त्येसैगरि क्षेत्र नम्बर २ को सभापतिमा राम कुमार राईले ३ सय १९ मत ल्याउदा निकटम प्रतिद्धन्दी राम कुमार खत्रीले ३ सय ४ मत पाएका थिए । उदयपुरमा क्षेत्रिय र महाधिवेशन प्रतिनिधिमा देउवा समूहको बर्चस्व रहेको छ ।




















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.