पोखरा । रातो तारा डट कम, दैनिक एक सय ६० टन भन्दा बढि फोहोर निस्कने पोखरा महानगरपालिकामा एक दिन फोहोर नउठदा बजार नै अस्तव्यस्त र दुर्गन्धित बन्न पुग्छ । पोखराका चोक चोकमा थुप्रिने फोहोरले बजारका चोक चोक नै दुगन्र्धित मात्रै होईन कुरुप समेत हुने गर्छ । तर यही फोहोर निकट भविष्यमै पोखर महानगरपालिकाको कार्यालय मात्रै होईन, सबै पोखरेलीहरुका लागि निकै ठुलो चुनौती बन्न गईरहेको छ । पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निकट भविष्यमै संचालनमा आउने भएपछि चराचुरुङ्गीबाट सुरक्षाको लागि बाच्छेवुडुवाको ल्याण्डफिल साईड बन्द गर्नुपर्ने हुन्छ ।
ल्याण्डफिल साईडमा फोहोर फाल्दा फोहोर खान खाएका चराचुरुङ्गी जहाजमा ठोक्किएर दुर्घटनामा पर्ने भएकोले चराचुरुङ्गीको उडान जहाजका लागि जोखिमपूर्ण हुन्छ । बाच्छेवुडुवामा फोहोर फाल्न नमिल्ने भएपछि पोखरा महानगरपालिकाको कार्यालयले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा बनाउने निर्णय गरेपनि त्यस बिषयमा स्थानीयबासीले छलफल नै चलाउन चाहेका छैनन ।
ल्याण्डफिल साईडका कारण खानेपानीको मुहान दूषित बनेर हरियाली स्वच्छ वातावरण कुरुप बन्ने बताउँदै बिहीवार ल्याण्डफिल साईड बनाउने भनेर भलाम पुगेका पोखरा महानगरपालिका कार्यालयका प्रतिनिधिहरुलाई स्थानीय जनताले ख्याप ख्याप्ती पारे । स्थानीयवासीले शुरुवातदेखि आक्रोशित हुदै बिरोध गरेर कुनै पनि हालतमा ल्याण्डफिल साईड बन्न नदिने अडान लिएपछि महानगरका प्रतिनिधिहरु घोसेमुन्टोालगाएर चुपचाप फर्कन बाध्य भएका थिए ।
Post a Comment