Websoft University

सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) अब उदयपुरबाटै वितरण हुन लागेको छ ।

 


श्याम राई÷उदयपुर  गाईघाट, ३० कार्तिक। रातो तारा डट कम, सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) अब उदयपुरबाटै वितरण हुन लागेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा संचालनमा आएको ६ वर्षपछि पहिलो पटक कार्यालयले लाईसेन्स वितरण गर्ने अधिकार पाएको हो । यस अघि सेवा कार्यालयबाट लाईसेन्स वाहेकसवारी सम्बन्धि सबै कामहरुहुदैआएको थियो । लाईसेन्स वितरण गर्ने अधिकार पाएसँगै सोमबार नै चालक अनुमतिको लागि फर्म भर्न आवेदन खुला गरिएको कार्यालय प्रमुख सुभाष कार्कीले बताए । 

०७२ असार १ गते देखि नै सेवा कार्यालयले गाईघाटमा भाडामा कोठा लिएर कार्यालय संचालन गर्दै आएको थियो ।‘ हामीले कार्तिक २९ गतेदेखि नै लाईसेन्स वितरणको अधिकार पाएका छौ ।’ कार्यालय प्रमुख कार्कीले भने, ‘ लामो समयको प्रयासपछि बल्ल सवारी चालक अनुमति पत्र ( लाईसेन्स ) वितरण गर्ने अधिकार पाएको उनले बताए ।

वर्षको अवधिमा सबै जसो कार्यालय प्रमुखले लाईसेन्स वितरण गर्ने अधिकार माग गरेर केन्द्रमा पटक पटक पत्रचार गरेको भएको पनि अहिले आएर त्यो सम्भब भएको हो । अब मोटरसाईकल, स्कुटर, जिप, कार, ट्रक र बसको लाईसेन्स सेवा कार्यालय बाटै वितरण गरिने उनले बताए ।

उदयपुरमा रहेको कार्यालयबाट लाईसेन्स वितरण गर्ने अधिकार नहुदा सवारी अनुमती पत्र लिन सिराहाको लाहान र ईटहरी जनु पर्ने सेवाग्राहीलाई बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको छ ।

















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.