Websoft University

एक युवाको डुबेर मृत्यु


 श्याम राई÷उदयपुर   गाईघाट, ४ मंशिर। वनभोज खान गएको बेला पोखरीमा पौडी खेल्ने क्रममा शनीबार दिउँसो एक युवाको डुबेर मृत्यु भएको छ ।

चौढण्डीगढी नगरपालिका देवधारमा वनभोज खान साथीहरुसँग गएका त्रियुगा नगरपालिका–१२ का २८ वर्षिय मनोज चौधरीको भुतिया दहमा डुबेर मृत्यु भएको हो ।  त्रियुगा नगरपालिकाका मेयर एंवम नेकपा ( समाजवादी ) का प्रदेस नम्बर १ का अध्यक्ष बलदेव चौधरीका छोरा उनी बेलका नगरपालिका रामपुरमा पशु चिकित्सकको  रुपमा कार्यरत थिए ।

मृतक चौधरीको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । घटना बारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।




















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.