Websoft University

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष्ँ स्व.महेन्द्र गोल्छाको १२औं स्मृतिमा विविध कार्यक्रम भए


विराटनगर २०७८ मंसिर २, गते । रातो तारा डट कम,उद्योग संगठन मोरङका पूर्व अध्यक्ष, वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १२औं स्मृतिमा विगत वर्षहरु जस्तै यस वर्षपनि आज मिति २०७८ मंसिर ०२ गते उद्योग संगठन मोरङले विभिन्न कार्यक्रमको आयोजना गरी स्व. गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्ष्ँेत्रमा पु¥याउनु भएको योगदानलाई स्मरण गरेको छ । 


पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको १२औं स्मृतिमा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले सचिवालयम रहेको स्व. गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गर्दै स्व. गोल्छाले उद्योग÷व्यवसाय क्षेत्रको हित, व्यवसायीक एकतामा पु¥याउनु भएको योगदानलाई स्मरण गर्दै उहाले तत्कालिन समयमा औद्योगिक विकासका लागि दीर्घकालिन महत्व राख्ने विशेष आर्थिक क्षेत्रको स्थापना, एग्रो–ईण्डष्ट्रियल लिंकेज, नो वर्क–नो पे को अवधारणा आजका दिनमा पनि उतिकै महत्व रहेको वताए । 

शलिकमा माल्यापर्णद गर्दै संगठनका पूर्व अध्यक्ष एवं स्व. गोल्छाका भाई दिनेश गोल्छाले संगठनले  उद्योगी÷व्यवसायीको सामुहिक हितका साथै श्रमिकको हक एवं औद्योगिक क्षेत्रको सर्वाङ्गिर्ण विकासलाई मध्यनजर गरी साझा उद्देश्य पूर्तिमा केन्द्रित हुनु पर्ने कुरामा दाजु स्व. महेन्द्र गोल्छाले सदैव जोड दिने गरेको वताए ।  

आजै उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा संस्थागत सामाजिक उत्तर दायित्व वहन गर्दै उद्योगका कार्यरत महिलाहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी संगठनले सबै उद्योगहरुमा भेन्डिङ मेशिन राख्ने अभियान स्वरुप मोरङको टंकिसीनुवारी स्थित दुगड फुड एण्ड स्पाइसेस प्रा. लि. मा एक थान भेन्डिङ मेशिन संचालनमा ल्याई कार्यक्रमको शुभारम्भ गरेको  छ ।  

त्यसैगरी संगठनले यसअघि नै स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र गठन गरी स्व. गोल्छाको योगदानलाई चीरकालसम्म स्मरणीय वनाउन केन्द्र मार्फत आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धान तथा शोधका साथै नीति विश्लेषण गर्न युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

१२ औं स्मृतिको विभिन्न कार्यक्रमहरुका संगठनका उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष्ँ विपिन कावरा, कार्यसमिति सदस्य सुवोध कोईराला, सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, ईन्द्र खत्री, पारस लुनिया, शौरभ सारडा, महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजु, सदस्यहरु प्रतिभा पौडेल, लक्ष्मी घिमिरे, सावित्रा ढकाल, स्व. गोल्छाका छोरा पारस गोल्छा लगायत उद्योगीहरुको सहभागिता रहेको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.