Websoft University

पोखरेल र भट्टराईको मुक्तकसङ्ग्रह विमोचन

 


विराटनगर । रातो तारा डट कम, मुक्तककार बाबुराम पोखरेल र राधा भट्टराईको मुक्तकसङ्ग्रह विमोचन गरिएको छ । 


नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको ‘गोलढुंगो’ र भट्टराईको ‘उपासना’ मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो । आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । 

प्रतिष्ठानका केन्द्रीय महासचिव रमेश पौडेल, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार बलराम पोखरेल, मुक्तक प्रतिष्ठान वेलायत शाखाका सल्लाहकार डा. रुपक श्रेष्ठलगायतले वर्तमान मुक्तकको प्रवृत्ति र शैलीका विषयमा आ–आफ्ना धारणा राखेका थिए । विमोचित मुक्तकसङ्ग्रह ‘गोलढुंगो’का बारेमा समालोचक भूषण ढुंगेल, ‘उपासना’का बारेमा रामजी तिम्सिनाले समीक्षा गरे । साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले ‘गोलढुंगो’ सङ्ग्रहभित्रका केही मुक्तक वाचन गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.