Websoft University

विराट साहित्य संगमद्वारा ढकालसहित तीनजना स्रष्टा पुरस्कृत

  


विराटनगर । रातो तारा डट कम, विराट साहित्य संगमले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।


शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संगमले साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा ५ हजार १ सय राशिको ‘राधादेवी दाहाल स्मृति पुरस्कार’ बेलबारीकी साहित्यकार तीला लेकाली, ५ हजार १ सय राशिकै ‘वैजनाथ–यमुनादेवी भट्टराई स्मृति पुरस्कार’ झापाकी साहित्यकार मीना अधिकारी र २ हजार ५ सय नगद राशिको ‘विराट साहित्य संगम प्रतिभा पुरस्कार’ युवाकवि प्रिन्स प्रमोद ढकाललाई समर्पण गरिएको थियो । 

उनीहरूलाई संगमका संस्थापक अध्यक्षसमेत रहनु भएका अग्रज साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, पुरस्कारका संस्थापक रामबाबु दाहाल र गोविन्द चापागाईंले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए । सो अवसरमा चूडामणि नेपाल अकिञ्चन, दिङ्लाली कान्छो, लक्ष्मी श्रेष्ठ, विनोद विवश, फणिराज नेपाललगायतले आ–आफ्ना सिर्जना वाचन गरे । कार्यक्रममा आयोजक संस्थाका सचिव गोपाल निर्भीक, साहित्यकार लोचन रिजाल, भरत गुरागाईं बर्बरिक, भीम कोइरालालगायतले सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वका विषयमा प्रकाश पारेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.