Websoft University

कोभिड–१९ प्रभावित संकटासन्न समुदायलाई स्वास्थ्य तथा खाद्य सामग्री


मोहन कुमार राई÷ कार्तिक १८ गते । रातो तारा डट कम, संखुवासभा, नेपाल पुनर निर्माण नेपाल (आरआरएन)को अगुवाइमा चैनपुर नगरपालिका स्थित पोखरीमा नगरपालिका भित्रका गरिव तथा न्युन आय स्तर भएका परिवारलाई स्वास्थ्य तथा खाद्य सामग्री वितरण गरिएको थियो । 


नेपालीहरुको महान चाड दिपावली नजिकएसँगै साप्लानिर भन्ने जापानीज  संस्थाको सहयोगमा नगरपालिका भरीका पोखरी, चैनपुर र खराङ वितरण केन्द्र बनाएर हिजो बुधबार वितरण गरिएको चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । कोभिड प्रभावित भएर लामो समय सम्म आप्mनो आम्दानी गुमाएका, आम्दानीका स्रोत साधन नभएका गरिब परिवारलाई यस किसिमको सहयोग उपलब्ध गराइदिनुहुने संस्था एवं संस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई  नगर प्रमुख खत्रीले धन्यवाद दिनुभएको थियो । 


कोभिड प्रभावित संकटासन्न परिवारलाई सानो सहयोग कोशेली स्वरुप प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्नुहुँदै दिपावलीको अवसरमा शुभकामना समेत आआरएन कार्यकारी निर्देशक डा.अर्जुन कार्कीले वताउनुभयो । लामो समय देखि संखुवासभाको ग्रामिण क्षेत्रमा विभिन्न किसिमको सेवा पु¥याउदै आएको यो संस्थाले नेपालको दुर्गम  स्थानहरुमा खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा सहयोग पु¥याउदै आएको डा.कार्कीले वताउनुभयो । चैनपुर नगरपालिकाभित्रका सबै वडाका विपन्न प्रति परिवार २० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ केजी तेल, १ केजी चिनी, १ डल्ला साबुन, सेनिटाइजर १  र माक्स १ पाकेट वितरण गरिएको वडाध्यक्ष बलबहादुर अधिकारीले वतउनुभयो । नगरपालिका भरीका ५ सय परिवारले यस किसिमको राहत प्राप्त गरेको थियो । नगरपालिकाको वडा नं.१मा ४० परिवार, वडा नं. २ मा ४५, ३नं.मा ४९, ४नं.मा४५, ५नं. मा ३५, वडा नं. ६ मा ५०, वडा नंंं ७ मा ५१, वडा नंं ८मा ४५, वडा नं. ९ मा ४५, वाडा नं. १० मा ४५, वडा नंं ११ मा ५० घरपरिवारले उक्त खाद्य तथा स्वास्थ्य सामग्री प्राप्त गरेको नगरप्रमुख निजी सचिव टंक रोक्काले वताउनुभयो । 

सहयोग वितरण कार्यत्रममा नेपाल पुनर निर्माण नेपालका कार्यकारी निर्देशक डा.अर्जुन कार्की, जापानी संस्थाका प्रतिनिधि कान्छुई र साप्लानीर, चैनपुर नगरपालिका उप प्रमुख मुना श्रेष्ठ, वडाअध्यक्षहरु, सुरक्षाकर्मी, बुद्धिजिवी ज्ञानबहादुर कार्की समाजसेवी,  लगायतको उपस्थितिमा सहयोग सामग्री वितरण गरिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.