Websoft University

सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल आजबाट सुरुहुने

  


काठमाण्डौ मंसिर ३ गते । रातो तारा डट कम, सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथक्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धाहुने भएको छ । 

यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । सातदोबाटो यसै वर्ष बी लिगको उपाधि जित्दै शीर्ष लिगमा बढुवा भएको हो । फ्रेन्ड्सले भने लामो समयदेखि ए डिभिजन खेल्दै आएको छ । तर, उपाधि भने जित्न सकेको छैन । 

कुल ९१ खेल हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको अन्तिम दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन् । उपाधि विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.