Websoft University

आन्दोलित कानुन व्यवसायीमाथि बल प्रयोग नगर्नको अनुरोध

 

काठमाण्डौ मंसिर ३ गते । रातो तारा डट कम, राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गरेको छ । 

आज नेपाल बार एशोसिएसनको नेतृत्वमा भएको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको थियो । आयोगका अधिकृतहरूको टोलीले घाइते वकिलहरूको अवस्था बुझेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गर्नुभएको हो । 

साथै, घाइते भएका वकिलको निःशुल्क उपचार गराउन तथा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग आयोगले माग समेत गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.