Websoft University

बालबालिकालाई फाइजर खोप लगाउन सुरु


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम, सरकारले आजबाट १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिने छ । अमेरिकाले उपलब्ध गराएको १ लाख ६ सय २० मात्रा फाइजर खोप १८ वर्षमुनिका र १२ वर्षभन्दा माथिका दीर्घरोगी चिकित्सकले प्रिस्काइब गरेका पुर्जा वा चिकित्सकले उपचार गरिरहेको कागज लिएर आउने बालबालिकालाई लगाउन थालिएको हो । सरकारले खोप लगाउनका लागि देशभर २४ खोप केन्द्रहरू तोकेको छ । मेची अस्पताल, कोशी अस्पताल, वी पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल, वी. पि. कोइराला क्यान्सर अस्पताल भरतपुर, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धवलागिरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल,  डडेलधुरा अस्पताल, सेती अस्पताल रहेका छन् । यस्तै काठमाडौं उपत्यकामा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती सेवा अस्पताल, शहिद गङ्गालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र धुलिखेल अस्पतालमा गएर लगाउन खोप केन्द्र सरकारले तोकेको छ ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.