Websoft University

१४ सदस्यीय महिला क्रिकेट टिम कतार जाँदै,


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम, नेपालको राष्ट्रिय महिला क्रिकेट टिम आज कतार जान लागेको छ । कतारसँग टी ट्वान्टी सिरिज खेल्ने भएपछि नेपाली टोली त्यसतर्फ जान लागेको हो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको टी ट्वान्टी सिरिज खेल्ने पक्का भएको हो । कतारसँग सिरिज खेल्नका लागि नेपाली टिम आज बिहान ९ बजेर १० मिनेटमा कतारका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट सङ्घले जनाएको छ । कतारमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने समेत क्यानले जनाएको छ । नेपाली टिमले भर्खरै बङ्गलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो । बङ्गलादेशमा रहँदा नेपाली टिमले बङ्गलादेशको स्थानीय टिमसँग त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपाली टिमले सो सिरिज जितेको थियो । क्यानले विश्वकपको एसिया छनोटका लागि नेपाली टिम नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम १४ सदस्यीय रहेको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.