Websoft University

रेबिजविरुद्धको खोप सातै प्रदेशमा बितरण हुदै,


काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम, सरकारले आजबाट सातै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा विस्तार गरेको छ । रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने लक्ष्यका सात सातै प्रदेशमा यो सेवा विस्तार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ । 

सात प्रदेशका ९ अस्पतालमा यो खोप बिस्तार गरी २०३० सम्ममा रेबिज बाट हुने मानवको मृत्यु दरलाई शुन्यमा झार्ने उश्य सरकारको रहेको बताइएको छ ।

प्रदेश १ को कोशी अस्पताल बिराटनगर,प्रदेश २ को जनकपुर अस्पताल, र धनुषा र नारायणी अस्पताल, पर्सा, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, भरतपुर अस्पताल, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, बुटवल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुर्खेत र सुदूरपश्चिम प्रदेशको सेति प्रादेशिक अस्पताल, धनगढी गरि सात प्रदेशको ९ वटा अस्पतालबाट रेबिज इम्युनोग्लोबुलिनको सेवा प्रदान गरिने  जानकारी गराएको छ ।   


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.