Websoft University

१२ औँ राष्ट्रिय जनगणना सुरू

 


काठमाण्डौ कार्तिक २५ गते । रातो तारा डट कम, आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ । 

यस पटक मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ जनगाणना गर्न लागिएको हो । देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सहि विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क बिभागले अनुरोध गरेको छ । 

राष्ट्रिय तथ्याङ्कलाई विरोधाभाषबाट मुक्त गराउनको लागि सहि सुचना सम्प्रेषण गर्न विभागले आग्रह गरेकोछ । अहिले सङ्कलन गरिएको तथ्याङ्क प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । 

सङ्कलित तथ्याङ्क मङ्सिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ । मंसिर ५ सम्म ४० हजार गणकहरू घर–घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.