Websoft University

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो


 काठमाण्डौ कार्तिक २५ गते । रातो तारा डट कम, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यसैगरी खाना पकाउने एलपिजी ग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ । 

निगमले गत कात्तिक १२ गते मात्र डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ र एलपिजी ग्याँस प्रति सिलिण्डर ५० रुपैयाँ बढाएको थियो । दुई साताभित्र पेट्रोलको मुल्य ६ रुपैयाँ र खाना पकाउने एलपिजी ग्याँसको मूल्य १ सय २५ रुपैयाँ निगमले बढाएको छ । नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रति लिटर १ सय १९ रुपैयाँ पुगेको छ । 

खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ । निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि निगमलाई प्रतिलिटर पेट्रोलमा १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ र एलपिजी ग्याँसमा प्रति सिलिण्डर ६ सय ५७.८४ रुपैयाँ घाटा रहेको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.