Websoft University

सर्वोच्चको सुचना अनुसार घटस्थापनादेखि अदालतहरु बन्द रहने


काठमाण्डौ असोज २० गते । रातो तारा डट कम, भोलिदेखि कात्तिक ३ गतेसम्म सर्वोच्च अदालतसँगै देशैभरका अदालत बन्द हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूको हिजो बसेको पूर्णबैठकले सो निर्णय गरेको हो । सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ । न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको छ । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.