Websoft University

नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु


श्याम राई÷उदयपुर  गाईघाट, २० असोज। रातो तारा डट कम,दह (पोखरी) मा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ ।

मोरङ्गंको सुन्दरहरैचा नगरपालिका–४ बलियाका २२ वर्षिय शिखर सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन अघि मृतक उदयपुरको रामपुर आएका थिए । बेलका नगरपालिका–५ स्थित झरनामा नुहाउदै गर्दा मंगलबार दिउँसो खुट्टा चिप्लिएर उनी तल दहमा खसेका थिए । दहमा खसे लगतै पानीमा डुबेर बेपत्ता भएपछि स्थानीय र प्रहरीले साझ ५ बजे उनलाई मृत अवस्थामा पोखरीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.