Websoft University

फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट सुरु हुने

काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम, दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ । राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । 

यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिताछ । लिगमा पाँचै टोलीले एकअर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने   छन् । 

साफको पहिलो खेलमा श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.