Websoft University

आज पनि सामान्य वर्षा हुने


काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम, भारतको झारखण्ड र आसपासमा बनेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि परेको छ । हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ भने गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर समान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन  विभागले अनुरोध गरेको छ । भोलि र पर्सि पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 





 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.