Websoft University

आज जेष्ठ नागरिक दिवस–राज्यले जेष्ठ नागरिकहरुलाई सहयोग नगरेको गुनासो ?

 


काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम, आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । 

दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.