Websoft University

नेपाली कांग्रेस महानगर सदस्यहरूलाई बधाई ज्ञापन

विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ ले वडाबाट महानगर समितिमा  निर्वाचित हुने सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । 

आज विराटनगर–१२ स्थित लेखनाथ वाचनालयमा आयोजित कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट महानगर सदस्यमा निर्वाचित लालबहादुर कार्की (गोपाल), महेश हमाल र गायत्रीकुमारी दासलाई अविर र माला लगाएर शुभकामना दिइएको थियो । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की, नेपाली कांग्रेस क्षेत्र नम्बर ६ (ख) का सभापति जितेन्द्र गोल्छा, विराटनगर १२ का बुथसभापति हरिनारायण यादव, सचिव ज्ञानेन्द्र खड्का, क्षेत्रीय प्रतिनिधि प्राध्यापक डाक्टर टुनराज भट्टराईलगायतले शुभकामना व्यक्त मन्तव्य गर्नुभएको थियो । उहाँहरुले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी वडादेखि नै संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा बुथ सभापति हरिनारायण यादवले शिवबहादुर अधिकारीलाई वडा कार्यसमितिको कोषाध्यक्षमा मनोनित गरिएको घोषणा गर्नुभएको थियो । बथ समितिले दसैं र तिहारका अवसरमा शुभकामना आदानप्रदानसँगै क्रियाशील भेलासमेत गर्र्ने भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.