Websoft University

लिम्चुङ्गबुङ गाउँपालिकाले प्रसुती महिलाको लागि एम्बुलेन्स सेवामा पचास प्रतिशत भाडाँ छुट दिने


श्याम राई÷उदयपुर गाईघाट, २२ असोज । रातो तारा  डट कम, लिम्चुङ्गबुङ गाउँपालिकाले प्रसुती महिलाको लागि एम्बुलेन्स सेवामा पचास प्रतिशत भाडाँ छुट दिने व्यवस्था गरेको छ ।

गाउँपलिकाले संचालनमा ल्याएको एम्बुलेन्स सेवाले जिल्ला भित्र र मूलुकको जुनसुकै ठाउँमा प्रसुती  गराउन जाने महिलाको लागि यो व्यावस्था लागू गरेको हो । सेवा लिनको लागि गाउँपालिकाको सबै वडामा बसोवास गर्ने महिलालाई यो व्यवस्था गरिएको लेखा अधिकृत तारा किरण राईले बताए ।

गर्भवती महिला र बच्चाको जिवन रक्षाको लागि यो सेवा लागू गरिएको उनले बताए ।

उनले अशक्त र गरिब असहायको लागि पनि एम्बुलेन्स भाडामा छुट दिने तयारी भैरहेको बताए । तर कति रकम छुट गर्ने भन्ने बारे अहिले निर्णय नभएको र दशै तिहार पछि निर्णय गरेर सेवा उपलब्ध गराउन लागिएको राईले बताए ।

गाउँपालिकाले दुई वर्ष अघि देखि नै एम्बुलेन्स सेवा संचालनमा ल्याएको थियो । यो गाउँपालिका उदयपुरको सबै भन्दा विकट रहेको छ । गाउँपालिकाले केही दिन अघि सार्वजनिक बस सेवा समेत संचालनमा ल्याएको छ । अशक्त, बृद्ध बृद्धाहरुले पूर्ण रुपमा निशुल्क सेवा सार्वजनिक यातायात सेवाबाटपाएकाछन् ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.