Websoft University

विशेष पुजाको लागी अक्षय कोश स्थापना।


 चैनपुर असोज २३ गते | रातो तारा डट कम,संखुवासभा चैनपुर नगरपालिका स्थित सिद्धकाली मन्दिरलाई बिशेष पाठपुजा संचालन खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले मन्दिरलाई अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको अक्षयय कोष स्थापना भएको छ।


संखुवासभाको साबिक चैनपुर - २ निवासी दानविर मानमोहन श्रेष्ठले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको कोश स्थापना गरेर सबैभन्दा ठुलो अक्षय कोश दाता बन्नुभएको छ।


सिद्धकाली मन्दिर परिसरमा भएको एक कार्यक्रममा दानविर दाता श्रेष्ठले चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीलाई उक्त रकमको चेक हस्तान्तरण गर्दै  अक्षय कोष स्थापना गर्नुभएको हो। पुर्ब आइजिपि कृष्णमोहन श्रेष्ठका दाजु मानमोहन श्रेष्ठ एउटा कुशल उद्योगिको रुपमा चिनिन्छन्। 

दानविर श्रेष्ठले धार्मिक क्षेत्रमा गरेक सहयोगको प्रशंसा गर्दै कार्यक्रममा मन्दिर संरक्षक समितिले फुल, माला र खादाले भब्य स्वागत गरेको थियो। कार्यक्रममा धार्मिक छेत्रमा गरेको यो सहयोगको पुर्ण रुपमा सदुपयोग गर्दै अघि बढ्ने मन्दिर संरक्षक समितिका कोशाअध्यक्ष एबम् चैनपुर नगरकार्यपालिकाका सदस्य लक्ष्मि माया अधिकारीले बताइन्।

 नेपाली  कांग्रेस जिल्ला  सचिव कुमार बाबु अधिकारी संखुवासभा, अरुण गुल्म नम्बर ४ संखुवासभाका प्रमुख डिएसपी विशाल सिलवाल, ईलाका प्रहरी कार्यलय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा लगायतको उपस्थिति रहेको सो कार्यक्रममा चैनपुर वडा नम्बर - ३ का वडाअध्यक्ष बलबहादुर अधिकारी, सामाजिक अभियानता एबम् तत्कालीन सिद्धकाली गाविसका पुर्व अध्यक्ष ज्ञानबहादुर कार्की, चैनपुर नगरपालिका नगर प्रमुख एबम् कार्यक्रमको अध्यक्ष भरत कुमार खत्री लगायतले दानविर श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो।

आज बडा दसैं घटस्थापनाको तृतीया तिथिको अवसरमा धार्मिक क्षेत्रलाई पुजा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको अक्षयकोष दानलाई दाताको भावना अनुकुल काम गर्न पछि नपर्ने मन्दिर समितिका सचिब पदम बहादुर अधिकारीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.