Websoft University

इटहरी उपमहानगरपालिकाले वजार अनुगमन तिब्र पार्यो


सुनसरी  इटहरी  असोज  १५ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाले वजार अनुगमन गरेको छ । विहान इटहरीवजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो  ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ । तीन वटा पसलको नविकरण नभएको पाइएको  छ । अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।

इटहरीमा अव नियमित रुपमा वजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिनुभयो । इटहरीमा समय समयमा भएका वजार अनुगमनका कारण डेट एक्पाएर भएका सामान थन्क्याउने छुटटै ठाँउको ब्यवस्था गर्न थालिएको,लेवल लगाएर मात्र समान वेच्न थालिएको,डेट भएका मात्र समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भटटराईले वताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.