Websoft University

ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु


सुनसरी, २०७८ असोज २१ गते । रातो तारा  डट कम ,सुनसरी ईटहरी उपमहानगरपालिका १६ लायन्स चौक  स्थित पुर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । हिजो राती सँवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको  को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.