Websoft University

फुटबलमा नेपाल अग्रह स्थानमा


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम, माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल अग्रह स्थानमा पुगेको छ । गएराति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाउनुभयो । नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ । अब नेपालले तेस्रो खेलमा भारतसँग आइतवार प्रतिस्पर्धा गर्नेछ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.