Websoft University

उराँव समुदायको महान पर्व करमको अवसरमा विषेश कार्यक्रम

 

इनरुवा, असोज ४ गते । रातो तारा डट कम, सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायले आफ्नो महान पर्व करम पुजा हर्सोल्लासका साथ मनाएका छन् । सोमबार करमको अवसरमा पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


यहाँ बसोबास गर्ने उराँव समुदायहरुले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुनसरीका उराँवहरुले एक आसिमा शुभकामना साटासाट गरी र सांसकृतिक कार्यक्रम र जमरा लगाएर करम पुजा सम्पन्न गरेका छन् । उराँव समुमदायका पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चादीको चुरा, घाटीमा हसुली, तिलहरी, पाखुरामा गोफ(गहना) सहित सजिएर सहभागि भएका छन् । उराँव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागि भएका छन् । उराँवहरुको महान पर्वको बारेमा सन्देश दिने, भाषाको संरक्षण गर्ने र मौलिकता पदर्शन गर्ने उदेश्यका साथ कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पुजाले उराँवहरुलाई जोडेने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताउनुभयो । सहभागीहरुले उराँवहरुको हक, अधिकार र पहिचानका लागि सबैको तर्फबाट सबै खालका सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ । 

सुनसरीको १२ पालिका मध्ये उराँवहरुको बढी बसोबास रहेको इनरुवा नगरपालिका सहित तीन गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएकाले प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यसैबीच उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो परिहण सहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पुजा गरीरहेको उराँव समुदायका शिक्षक सम्पतलाल उराँवले जानकारी दिनुभयो । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत नृत्य, पहिरण, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले जानकारी दिनुभयो ।  प्रतिष्ठानका सल्लाहकार जयकुमार उराँवले करम पुजा उराँव जातीको मुख्य चाड रहेकाले अहिलेका पुस्ता र पुराना पुस्ताहरु बिचमा रहेको पुस्तान्तरणलाई समेत एक ठाँउमा ल्याएर वर्तमानमा विगतका परम्पराहरुलाई संरक्षण गर्ने गरि करम पूर्व कार्यक्रम गरिएको बताउनुभयो । प्रतिष्ठानका कोषाध्यक्ष सम्पतलाल उराँवले नेपालीको ऐतिहासिक पृष्ठभूमिसंग जोडिएको उराँवहरुको कला , कौशल प्रदर्शन गर्नका लागि करम पूर्व सन्ध्या कार्यक्रम गरिएको बताउनुभयो ।  करम पुर्व सन्ध्या कार्यक्रममा इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, इनरुवा ५ का वडा अध्यक्ष अन्जनी पोखरेल सहित विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधिहरु र उराँव समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा देवप्रकाश उराँव, जयप्रकास उराँव, दुर्गा उराँव र रामलाल उराँव सहितको उस्थिती रहेको थियो । 

१, सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायले आफ्नो महान पर्व करम मनाउदै ।

२, सुनसरीको इनरुवामा आफ्नो महान पर्व करम पुजाको पूर्व सन्ध्या कार्यक्रममा सहभागी हुदँै उराँव समुदायका स्थानीयहरु आफ्नै मौलीक पहिरणमा ।

तस्बीर - जयकृष्ण यादव,



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.